आजै बेलुका दुई दलको बैठक हुने
११ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एमाओवादीसँग वार्तामा बस्न सहमत भएका छन् ।सोमबार बिहान सिंहदरबारमा आयोजित तीन दलको बैठकमा सहभागी नभएका ओली मंगलबार दुईदलीय बैठकमा उपस्थित हुन सहमत भएको एमाओवादीले जनाएको छ ।
एमाओवादी र एमालेवीच मंगलबार साँझ पाँच बजे एमाले संसदीय दलको कार्यालयमा छलफल हुने भएको छ ।
छलफलमा एमाले अध्यक्ष केपी ओली र माधव नेपाल लगायतका नेताहरु सहभागी हुने छन् भने एमाओवादीबाट प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ लगायतका नेता सहभागी हुने छन् ।
छलफलमा संघीय प्रदेशको संख्या लगायतका विषयमा कुराकानी हुने बताइएको छ ।
दुई दलवीच हुने आजको भेटघाटले दुई दलवीच टाढिन लागेको दुरी घट्ने अनुमान नेताहरुले गरेका छन् ।