तुइन चुडिँदा ५ जना त्रिशुली नदीमा खसेर वेपत्ता

धादिङको ज्यामिरेघाटमा सोमबार तुइन चुडिँदा त्यसमा यात्रा गरिरहेका ५ जना त्रिशुली नदीमा खसेर वेपत्ता भएका छन् ।गोरखाको घ्यालचोकबाट तरकारी लिएर बेनीघाटतिर आउँदै गरेको तुइन एक्कासि चुडिदा तरकारी व्यापारी १ महिला र चार पुरुष त्रिशुलीमा हराइरहेको धादिङ प्रहरीले जनाएको छ । तुइनबाट खसेका अन्य पाँच जनाको भने उद्धार गरिएको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ ।हराइरहेकाहरुको स्थानीय र प्रहरी मिलेर खोजी गरिरहेका छन् । वर्षातका कारण नदीमा बाढी आएकाले हराएकाहरु जिवित भेटिन सक्ने सम्भावना कम रहेको बताइएको छ ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2