एकिकृत नेकपा माओवादी ले तनहुँको मनपाङस्थित मौरीओडारमा मा सहिदको नाममा स्मृति पार्क निर्माण गर्ने भएको छ । २०५८ सालमा सुरक्षाकर्मिद्धारा सामुहिक रुपमा हत्या गरिएका एकिकृत माओवादिका आठ जना कार्यकर्ताको सम्झनामा करिब डेढ रोपनि क्षेत्रफलमा पार्कको निर्माण गर्न लागिएको हो ।पार्कमा सहिदहरुको शालीक समेत निर्माण गरिने आफुहरको योजना रहेको र हाललाई रकम अभाव का कारण स्तम्भ मात्रै निर्माण गरिने निर्माण समितिका सचिव दिलबहादुर नेपाली ले बताउनुभयो ।१० लाख बराबरको खर्च मा निर्माण हुने उत्त पार्क निर्माणको लागि तनहुँका माओवादि कार्यकर्ताहरुले जनश्रमदान गर्नेछन भने पार्क निर्माणको लागी मनपाङ गाविस ले ३ पटक को गाउँ परिषद मार्फत १ लाख २० हजार र छाङ्ग गाविस ले १लाख ६ हजार प्रदान गरेको सचिव नेपाली ले बताउनुभयो ।
