आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैँ

२० बैशाख, काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । प्रेस स्वतन्त्रता दिवसकै अवसर पारेर नेपाल पत्रकार महासंघले राजधानीमा प्रभातफेरीको आयोजना गरेको छ । यसैबीच सञ्चरमन्त्री मिनेन्द्र रिजालले प्रेस स्वतन्त्रता दिवसको अवसरमा एक शुभकामना सन्दैश दिँदै प्रेस स्वतन्त्रताको निर्वाध प्रयोग र अभ्यासका लागि आवश्यक वातावरण कायम राख्न नेपाल सरकार सदैव प्रतिबद्ध रहने बताएका छन् ।  रिजालले प्रेस स्वतन्त्रता लोकतन्त्रको एक महत्वपूर्ण आधारस्तम्भ भएकाले यसको पूर्ण संरक्षण र प्रबर्द्धन हुनुपर्छ भन्ने मान्यताप्रति सरकारको विश्वास रहेको बताए ।
 जिम्मेवार र उत्तरदायी पत्रकारिताको अभ्यासले मात्र प्रेस स्वतन्त्रतालाई सबल बनाउन सघाउने भएकाले जनताको सुसूचित हुन पाउने नैसर्गिक अधिकारको प्रचलनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको नेपाली प्रेस जगतको ध्यान जिम्मेवार र विश्वसनीय पत्रकारिताको अभ्यासप्रति सम्वेदनशील हुन पनि रिजालले सञ्चारकर्मीलाई आग्ह गरेका छन् ।  सन्देशमा भनिएको छ-’प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र प्रचलनका क्रममा विभिन्न कठिनाइहरूसँग सङ्घर्ष गरेका र आˆनो जीवनसमेत आहुती दिएका तमाम पत्रकारहरूप्रति उहाँहरूको उच्च योगदानको स्मरण गर्न चाहन्छु र उहाँहरूप्रति सम्मान अर्पण गर्दछु ।’  सरकारका प्रवक्तासमेत रहेका मन्त्री रिजालले प्रेस स्वतन्त्रता सञ्चारकर्मीहरूको विशेष हक मात्र नभई सबै नागरिकको संविधानप्रदत्त मौलिक हकको उचित प्रयोग र उपभोगका लागि पनि सबैसँग आग्रह गरे ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2