के तपाईंले दहि चिउरा खानुभयो ?



रामशरण नेपाली
खैरेनीटार,असार–१५
के तपाईंले दहि चिउरा खानुभयो ? खानु भएको छैन भने खानुहोस् । आज असार १५ हो । असार १५ लाई नेपालीहरुले दहि चिउरा खाने दिनको रुपमा मनाउदै आएका छन् ।
वर्षैपिच्छे असार १५ गते दहि चिउरा खानुपर्छ भनिएता पनि यो संस्कृति कुनै चाडपर्वभित्र भने पर्दैन । यो त वर्षा हुने असार महिनामा बर्षभरिको लागि चाहिने खाधान्न धानबाली लगाउन क
डा परिश्रम गर्नुपर्ने समय हो । अर्थात मानो खाएर मुरी उब्जाउने दिनको रुपमा लिईन्छ । यस्तो समयमा रोग नलागोस् शरीर स्वस्थ
रहोस् भनेर दहि चिउरा खाने चलन चलिआएको हो ।
यो समयलाई नेवारहरुले सिनाज्याको समय भनिन्छ । सिनाज्या अर्थात मरिमेटी काम गर्ने समय । यस्तो कडा परिश्रम गर्नुपर्ने समयमा कडा परिश्रम गर्न सकियोस् भनेर नै दहि चिउरा खाने गरिएको हो । साथै नेवारहरुले रोपाइको अवसरका सिनाज्या धुन बजाउनुका साथै लोक भाकामा सिनाज्या गीत पनि गाउ“छन् ।असार १५ गते किन दहि चिउरा खाने चलन किन चलाएको भन्ने बिषयमा सांस्कृतिक दृष्टिकोणले हेर्दा दहि तेज तत्व हो । तेज तत्व भएकोले
दहि खाएमा शरीरमा रक्तसंचार तिव्र भई शत्ति उत्पन्न हुन्छ जसले कडा परिश्रम गर्न सजिलो बनाउ“छ । साथै शरीरमा शितल गराई सिमसिमे पानीमा भिज्दा पनि कुनै प्रकारको रोग नलाग्ने बनाउ“दछ । यसै कारण सिनाज्या अर्थात कडा परिश्रम गरि खेतीपाती गर्न गाह्रो नहोस् भनेर नै दहि चिउरा खाने गरेको देखिन्छ । साथै असार १५ भनेको असार महिनाको मध्यम समय जुन समयमा धेरैले रोपाई गर्ने गर्दछन । त्यस कारण पनि असार १५ गते दहि चिउरा खानुपर्ने चलन चलाएको देखिन्छ । कृषिप्रधान देश नेपालको मुख्य बालीमा नै पर्नै धान रोपाई गर्ने असार महिलाको १५ गतेलाई हरेक बर्ष धान दिवसका रुपमा मनाइ“ने गरिन्छ । रोपाईका साथै दहि चिउरा खा“दा गति परिने पराम्पराअनुसार रोपाई गरी घरघरमा दहि चिउरा खाने गरिन्छ । संस्कृतिविद सत्यमोहन जोशीले धानखेतीको प्रारम्भिक इतिहासको अभिलेख नभए पनि यो मानव सभ्यताको विकास क्रमसंगै विकास भएको हुनसक्ने अनुमान गर्दै
कृषकलाई धानको खेतीप्रति नविनतम ज्ञान, सीप, प्रविधिका बारेमा आकर्षित गरी धान उत्पादन प्रवद्र्वन गर्ने उद्धेश्यले केही वर्षदेखि असार १५ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाउन लागिएको हुनसक्ने धारणा राख्नुभयो ।
असार पन्ध्रकै अवसर
मा अखिल नेपाल किसान महासंघ ले असार १५ र १६ लाई किसान दिवसको रुपमा मनाउने भएको छ । पहिलो दिन आज ढोरफिर्दिको फिर्दिफाँटमा रोपाई कार्यक्रमको आयोजना गरेको छ ।यता पोखरामा पनि आजै ३ वटा रोपा
ई महोत्सवको आयोजना गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदका अनुसार विसं. २०६१ मङसिर २९ गते नेपाल सरकारले प्रत्येक वर्षको असार १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने घोषणा गरेको
थियो । परिषद्का अनुसार नेपालले ४० वर्षअघि फिलिपिन्सस्थित अन्तराष्ट्रिय धानबाली अनुसन्धान संस्था (इरीं)स“ग समन्वय गरेको थियो। सो समन्वयले गर्दा धानबालीका जात र खेतीगर्ने तरिकासम्बन्धी धेरै प्रविधिहरूको विकास हुनुको साथै प्रचार, प्रसार समेत भएको छ । नेपालको जुम्लामा पनि धान फल्ने गर्दछ जुन संसारको सवैभन्दा अग्लो धान फल्ने स्थान हो । नेपालमा धानको उत्पादन बढ्यो भने देशको आथिर्क बृ
द्धिदर पनि माथि जान्छ र धानको उत्पादन घट्यो भने आथिर्क बृद्धिदर नै ओरालो लाग्छ । त्यसैले धानले देशलाई अतुलनीय योगदान पुर्याएको छ । तर आजभोली राम्रो धानफल्ने खेतियोग्य जमिनमा घरहरू फलेका छन । देशभरको धानको उत्पादकत्व दुई हजार ७१६ किलोग्राम छ । धानबाली विज्ञ हरुका अनुसार नेपालको कुल खाधान्नमा धानको करिव ५० प्रतिशत देन हुने गरेको छ र कुल गार्हस्थ उत्पादनमा समेत धानको करिव २० प्रतिशत योगदान हुने गरेकोे छ।नेपालको कुलखेतीयोग्य जमिनमध्ये आधाभन्दा बढी जमिनमा धानखेती हुनेगरेको छ। वेरोजगारी समाधान गर्न र आवश्यक क्यालोरी आवश्यकताको परिपूर्तीगर्न समेत धानको बिशेष योगदान रहिआएको छ ।

Previous Post Next Post

Header Ads

Ads1
Ads2