क्रिकेटका लागि दुबईमा नि:शुल्क गाउँदै सत्य-स्वरुप

नेपालमा क्रिकेट खेलको लागि राम्रो खेल मैदान छैन । तर क्रिकेट खेलले भने दु्रतरगर तवरले विकास गरिरहेको छ । यसैक्रममा मुलपानीमा बन्न लागेको क्रिकेट मैदानका लागि चर्चित गायकद्धय सत्यराज र स्वरुपराज आचार्यले दुबइमा कार्यक्रम गर्ने भएका छन् । ‘सत्य स्वरुप लाईभ इन दुबइ’ नाम दिइएको उक्त कार्यक्रम मे ३० मा आयोजना हुनेछ ।

मुलपानी इन्डोर क्रिकेट ग्राउण्ड निर्माण इकाई समितीले क्रिकेट खेल मैदानका लागि कार्यक्रम आयोजना हुन लागेको जानकारी दिएको छ ।
काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै गायक सत्यराज आचार्यले नेपालको क्रिकेट खेललाई प्रोत्साहन गर्न निशुल्क गीत गाउन लागेको जानकारी दिए । आफूहरु व्यवसायिक गायक भएतापनि नेपालको क्रिकेट खेलको विकासका लागि यो कदम चालेको सत्यराजको तर्क छ ।
गायक स्वरुपराज आचार्यले आफू क्रिकेटको ठूलो फ्यान भएको बताउँदै आफूहरुले यो खेलको विकास लागि सानो सहयोग भएपनि गर्न कार्यक्रममा निशुल्क गाउन लागेको बताए । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम खेल मैदान निर्माणमा सहयोग गरिनेछ ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2