२० बैशाख, तनहुँ। सभासद रामचन्द्र पोख्रेलले तोकिएकै समयमा मुलुकले संविधान पाउने बताउनुभएको छ । तनहुँकै पहिलो सामुदायिक एफ.एम मादीसेती एफएमको चौथो साधरण सभा तथा अधिवेशनको आज दमौलीमा उदघाटन गर्नुहुदै सभासद पोख्रेलले सो कुरा बताउनुभएको हो । नेपाली कांग्रेसका नेता समेत रहेका सभासद पोख्रेलले गत संविधानमा सभासदले ८ महिनामा टुग्गो लगाउन नसकेका बिषयहरु अहिले ३ महिना मै टुग्गो लगाएकाले १ बर्ष भित्रै मुलुकलाई संविधान दिने समेत दावी गर्नुभएको थियो । उहाँले संसदमा लोककल्यणकारी विज्ञापनको बारेमा आवज उठाउने समेत सो अवसरमा प्रतिबद्धता समेत गर्नुभएको थियो । विकट गाउँ गाउँमा रेडियो पहुच प्ुयाउन सके मात्रै दुरदराजका जनताले सुचना पाउने भएकाले सभासद पोख्रेलले रेडियोको पहुच पुयाउन सरोकारवालालाई आग्रह समेत गर्नुभएको थियो ।
