कार्तिक ६, तनहुँ -
संविधान सभा सदस्य धुव्र वाग्लेले तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई द्धारा दमौलीको मुख्य चोकमा निर्माण गरिएको फुलवारीको विहीबार एक समारोहका विच उदघाटन गर्नुभएको छ । व्यास नगरपालीकालाई सुन्दर र रमणीय बनाउन सोे फुलवारीले सहयोग पु¥याउने बताउँदै त्यसको संरक्षणमा जुट्न सभासद वाग्लेले सबैमा आग्रह गर्नुभयो ।
सोही अवसरमा बोल्नुहुदै सभासद वाग्लेले सकेसम्म सहमतीय आधारमा संविधान जारी गर्ने नभए दुई तिहाई बहुमतबाट भए पनि माघ ८ गते जनतालाई संविधान दिने दाबी गर्नुभएको थियो । तनहुँ उद्योग बाणिज्य संघ दमौली बजार इकाईका सभापति बैकुन्ठनाथ मिश्रको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा व्यास नपाका संस्थापक मेयर ताराप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष देव कुमार श्रेष्ठ, दमौली बजार इकाईका सचिव सुरेश पुरी, कुमार मोहन श्रेष्ठ लगायतकाले फुलवारी निर्माण भएपछि नगरको सौन्दर्य बढ्ने बताउनुभएको थियो ।
सो फुलवारीमा फुलहरु रोपणका लागि १ लाख ५० हजार बढी खर्च लागेको बताइएको छ । सोही अवसरमा दमौली बजार इकाइद्धारा दिपावलीका अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम समेत सम्पन्न गरेको बताइएको छ ।