एमाले शुक्लागण्डकी–१ शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न ।।




सहमती नभए प्रक्रियाबाट भएपनि संविधान बन्छ : पुर्व मन्त्री किरण गुरुङ्ग 
कार्तिक ६, तनहुँ - नेकपा एमाले शुक्लागण्डकी नगरपालिका वडा नं को नगर कमिटिको आयोजनामा विहिवार कोत्रे नर्सरीमा शुभदिपावली , छठ पर्व तथा नेपाल सम्वत् ११३५ को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको नगर कमिटिका अध्यक्ष विष्णुप्रसाद खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्री तथा एमालेका केन्द्रिय सदस्य किरण गुरुङले पार्टीहरुबीच संविधान निर्माणको लागि छलफल चलिरहेकाले सहमती भए सहमती नभए प्रक्रियाबाट भएपनि संविधान बन्ने ठोकुवा गरे साथै पार्टीको गतिविधिबारे प्रष्ट पार्दै एमाले कार्यकर्ताहरुलाई अझ बढी सक्षम, लगनशील, ईमान्दार भई उत्पादनशील कार्यमा सक्रिय हुन आग्रह गरे  
    कार्यक्रममा सभासद टुकराज सिग्देल, अनुशासन आयोगका पूर्व केन्द्रिय सदस्य शेषमणी आचार्य, जिल्ला कमिटि अध्यक्ष केदार सिग्देल, नेकपा संयुक्तका केन्द्रिय सदस्य लोकनाथ आचार्य, जिल्ला कमिटि सचिवालय सदस्यहरु रामचन्द्र उपाध्याय देवलाल खनाल, क्षेत्रीय अध्यक्ष मुक्तिनाथ तिमिल्सीना, नगर कमिटि संयोजक कृष्णबहादुर पौडेल, युवा संघका केन्द्रिय सदस्य देवान गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए युवा संघ वडा नं का नगर कमिटि संयोजक रामचन्द्र खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई स्थानीय आमा समूहका सदस्यहरुले टिका माला लगाएर स्वागत गरेका थिए  
    अन्य अतिथिहरुमा नगर कमिटि उपाध्यरुक्ष श्रीप्रसाद श्रेष्ठ, जिल्ला कमिटि सदस्यहरु दुर्गाकुमार श्रेष्ठ, कमल ढकाल, सबिता रसाईली, खिमबहादुर कुमाल, क्षेत्रीय कमिटि सदस्यहरु सफिउल्ला मिया, नारायण पन्थी, धर्मप्रकाश तिमिल्सीना, अनेरास्ववियु तनहुँ जिल्ला अध्यक्ष आरती भण्डारी, पूर्व सभासद् हसिना बेगम मिया, तनहुँ जिल्ला शिक्षक संगठनका अध्यक्ष केशवराज घिमिरे, शुक्लागण्डकी नगर कमिटि उपसंयोजक लोकनारायण श्रेष्ठ, सचिव धनेश्वर श्रेष्ठ लगायत सदस्यहरु पार्टीका विभिन्न तहतप्कामा रहेका व्यक्तिहरुको उल्लेख्य उपस्थिती रहेको सचिव धनेश्वर श्रेष्ठले जानकारी दिए  








Previous Post Next Post

Header Ads

Ads1
Ads2