तिहारका सामानले बाटो छिचोल्नै मुश्किल (फोटो फिचर)

काठमाडौ‌, कात्तिक ६ - देशभर तिहारको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको उत्तिकै घुईंचो छ । काठमाडौं उपत्यकाका मुख्य बजार असन, नयाँ सडक, मंगलबजार, लगनखेल लगायतका ठाउँमा खुट्टा राख्ने ठाउँ समेत पाउन मुश्किल पर्छ ।
फूलमाला, भाइमसला, पाला, बत्ती लगायतका सरसामान किन्नेको शहरभरी घुईंचो लागेको छ । यसवर्ष तिहारमा चाहिने सरसामग्रीको भाउ महंगो भएको उपभोक्ताले बताएका छन् । विशेषगरी तिहारमा धेरै प्रयोग हुने भाइमसला, फलफूल, फूलका माला र सजावटका सामाग्रीको भाउ बढेको हो । यस्ता सामान खरिद गर्नेको घुईंचो लाग्न थालेपछि व्यापारीले आफ्नै ढंगले भाउ बढाउन थालेका उपभोक्ताले बताएका छन् । उनीहरुका अनुसार एउटै गुणस्तर भएका सामानको भाउ पसलपिच्छे फरक छ ।
































Previous Post Next Post

Header Ads

Ads1
Ads2