काठमाडौं, कात्तिक ६- आईसिसि वल्र्ड क्रिक्रेट लिग डिभिजन थ्रीको पहिलो
खेलमा नेपालले युगाण्डासंग राम्रो शुरुवात गरेको छ । मलेसियाको किन्रारा
ओभलमा टस जितेर बलिङ रोजेको नेपालेले १० ओभरमा मात्र २२ रन दिएर युगाण्डाका
तीन विकेट लिइसकेको छ । नेपालका लागि सोमपाल कामी र पारस खड्काले दुर्इ
दुर्इ विकेट लिएका छन् । नेपाल र युगान्डाबीच यस अघि भएका खेलमा नेपालले २
मा जित र एकमा हार व्यहोरेको छ । डिभिजन ३ का शिर्ष २ टिम डिभिजन टू मा
बढुवा हुनेछन् ।

