प्रधानमन्त्री शुसिल कोइरालाले माघ ८ मा संविधान ल्याउन कसैले छेकबार गर्न नसक्ने बताउनुभएको छ ।तनहुँको व्यास ७ बेनीपाटन पराशर क्षेत्रमा आयोजना गरेको विराट महायज्ञको आज उदघाटन गर्नुह्ुदै प्रधानमन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।आम नेपाली जनता, राजनीतिक दलमा संविधानको बारेमा चिन्ता रहेको भन्दै संविधान निर्माण प्रक्रियालाई कसैले छेकबार गर्न नसक्ने प्रधानमन्त्री कोइरालाको दाबी छ ।संविधान नै सरकारको मुख्य प्रथामिकता रहेको भन्दै तोकिएको समयमा संविधान जारी हुने र जनतालाई ढुक्क रहन प्रधानमन्त्री कोइरालाले सबैसंग आग्रह गर्नुभएको थियो ।नेपाली कांग्रेसका सभापति समेत रहेको प्रधानमन्त्री कोइरालाले संविधान जारी भए पछि मुलकमा शान्ति स्थायीत्व हुने र विकास निर्माणका कार्यहरु तीव्र गतिमा अगाडि बढ्ने ,१० बर्ष भित्रमा नेपालमा आर्थिक क्रान्त्रिको कयापलट हुने प्रधानमन्त्री कोइरालाको भनाई रहेको थियो ।
प्रधानमन्त्री कोइराला पहिलो चोटी तनहुँको सदरमुकाम दमौली आउदा हजरौ तनहुँबासीले फुलमालाले भव्य स्वागत गरेका थिए । हजरौ जनता प्रधानमन्त्री कोइरालालाई फुलमाला स्वागत गर्न लामो लाइनमा बसेका थिए प्रधानमन्त्री कोइरालालाई सुरक्षा व्यवस्था मिलाउन सुरक्षा कर्मीलाई नीकै हम्मे हम्मे परेको बताइएको छ ।यता नेपाली कांग्रेसका उपासभापति रामचन्द्र पौडेलले महायज्ञले तनहुँको पर्यटन विकासका लागि अत्यन्त ठुलो योगदान दिने बतानुभयो ।
विश्वभरीका हिन्दुहरुको महर्षि वेदव्यासको जन्मभुमि भएकाले विश्वभरी हिन्दुहरुको ज्ञान पिपासुहरुको प्रेरणाको ठाउँबन्ने दाबी गर्नुभएको थियो ।
