३ जेठ, तनहुँ ।दमौली कारागारमा विभिन्न मुद्धामा सजाए भोगीरहेका कैदीबन्दीले पैसा संकलन गरेर कारागारमा नै मन्दिर निर्माण गरेका छन ।कारागारमा रहेका कैदी बन्दीलाई छुटाइएको मासिक खाना खर्च कताएर उनीहरुले दैनिक पूजा पाठ गर्नका लागि मन्दिर निर्माण गरेको हुन ।केही कैदीबन्दीले त मन्दिर निर्माण गर्नका लागि भन्दै कारागारमा नै मुढा बिक्री गरी मन्दिर निर्माणका लागि चन्दा नै दिएको कैदीबन्दीहरुको भनाई रहेको छ ।मानिस जनु ठाउमा बसे पनि आफनो धर्म भुल्न नसक्ने भएकाले धार्मिक आस्था जोगाउन लागि मिलेर मन्दिर निर्माण गरेको केदीबन्दी गोविन्द सेढाईले बताउनुभयो ।
जिल्ला कारागारमा रहेका १ सय १७ जना कैन्दीबन्दी लगायतले रकम संकलन गरी १ लाख ३० हजार रुपैयाँको लागतमा
मन्दिर निर्माण सपन्न गरेको बताइएको छ ।मन्दिर सम्पन्न गरेपछि अहिले कारागारमा रहेका कैदी बन्दी बिहान उठने बितिक्कै दैनिक पूजा पाठ गर्नमा व्यस्त समेत हुने गरेको कारागारका नाइके प्रेम परियारले बताउनभुयो ।कारागार परिसरमा नै आफुहरुले निर्माण गरेका मन्दिरमा पूजा पाठ गर्न पाउँदा कैदीबन्दीहरु नीकै रमाएका छन ।
