१६
पुस, काठमाडौं ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले
बुधबार आह्वान गरेको कार्यव्यवस्था
परामर्श समितिको बैठक केपी
अाेली र प्रचण्डकाे
अनुपस्थितिका कारण स्थगित
भएको छ ।
नेकपा
एमाले अध्यक्ष केपी
शर्मा ओली र
एमाओवादी अध्यक्ष प्रचण्ड उपस्थित
नभएपछि बैठक बस्दै
नबसी स्थगित गरिएको
हो । एमाले
अध्यक्ष ओली पार्टी
कार्यक्रमको लागि गृहजिल्ला
झापामा छन् ।
प्रचण्ड
भने ललितपुरको हात्तिवनस्थित
उपाध्यक्ष नारायणकाजी श्रेष्ठको निवासमा
सात दलीय मोर्चाको
बैठकमा सहभागी भएकाले बैठकमा
अाएनन्।
के
थियाे नेम्वाङकाे याेजना
?
दलहरुबीच
संविधानका मूल विषय
संघीयता, शासककीय स्वरुप, निर्वाचन
प्रणाली र न्याय
प्रणालीका सम्बन्धमा सहमति हुन
नसकेपछि कुन प्रक्रियामा
जाने भन्ने अन्योल
तोड्न नेम्वाङले बैठकमा
शीर्ष नेताहरूलार्इ पनि
बोलाएका थिए ।
कांग्रेस
एमालेले सहमति नभए मतदान
प्रक्रियाबाट भने पनि
टुंगो लगाउनुपर्ने अडान
लिएका छन् भने
एमाओवादी र मधेसी
मोर्चाले त्यसको विरोध गरिरहेका
छन् ।
कांग्रेस
एमाले लगायतका दलका
सभासदहरुले सभाध्यक्षलाई मतदानको प्रक्रियामा गएर
भने पनि माघ
८ मा संविधान
जारी गर्ने वातावरण
बनाउन दबाव दिइरहेका
छन् ।
आफूले
संविधानसभाको नियमावली, संविधान र
स्थापित अभ्यासका आधारमा संविधान
निर्माणको प्रक्रिया अघि बढाउने
नेम्वाङले बताए ।
स्रोतका
अनुसार नयाँ संविधान
जारी गर्ने अर्को
मिति ०७२ जेठ
१५ गते तोकिन
सक्नेछ । गणतन्त्र
दिवसका अवसरमा नया संविधान
जारी गर्ने सहमति
दलहरुबीच हुन सक्छ
।
तर,
त्यस्तो सहमति गर्दा अहिलेको
सत्ता गठबन्धनमा असर
पर्न सक्ने भएकाले
तत्कालै त्यसमा पनि सहमति
हुन गाह्रो छ
।
कोइरालाले
संविधान जारी भएपछि
प्रधानमन्त्री त्याग्ने बताएका छन्
। तर, एमालेले
भने माघ ८
मा संविधान जारी
भए पनि नभए
पनि त्यसपछि सरकार
परिवर्तन हुने बताइसकेको
छ ।