३ जेठ, तनहुँ । विद्यार्थी संख्खा अपुग भएको भन्दै तनहुँका ८ सामुदायिक विद्यालय बन्द भएका छन ।जिल्ला शिक्षा कार्यालय तनहुँको तथ्याङ्ग अनुसार
जिल्लामा सान्चालित ती विद्यालयहरु १० जना भन्दा कम विद्यार्थी संख्या भएको विद्यालयहरु बन्द भएको हो ।बन्द हुने विद्यालयहरुमा कोटकालिका प्रावि
घाँसीकुवा, महादेव प्रावि तनहुँसुर , भवनी प्रावि तनहुँसुर , बाल देवी प्रावि
खैरेनीटार , लक्ष्मी प्रावि जामुने , पोखरीभज्याङ्ग प्रावि माझकोट रहेको जिल्ला शिक्षा कार्यालयका साहयक जिल्ला शिक्षा
अधिकारी बाबुराम देवकोटाले बताउनुभयो ।
शैक्षिक सत्र २०७१÷०७२ सुरु हुदा समेत आवश्यक विद्यार्थीहरु भर्ना नभए पछि जिल्ला शिक्षा कार्यालय तनहुँले ती ८ विद्यालयहरु खारेज गरेका हुन ।ती विद्यालयहरुमा कार्यरत १० जना शिक्षकहरुलाई अन्य विद्यालयमा काजमा खटाएका छन ।गत बर्षको शैक्षिक सत्रमा तनहुँमा १० विद्यालयहरु खारेज गरेको थियो ।
