२२बैशाख,तनहुँ।जिल्ला सहकारी संघ तनहुँद्धारा गुणस्तरीय मासु उत्पादन तथा प्रशोधन उपआयोजनाको गतिविधी बारे
सोमबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक
गरेको छ ।डिभिजन सहकारी कार्यालयका प्रमुख
गौतम भण्डारीले गुणस्तरीय मासु उत्पादन तथा प्रशोधन लागि व्यास २ अमरापुरीमा ३ आना
जग्गामा व्यवस्थित बधस्थल र कटिङ्गहल निर्माण गरीसकेको जानकारी गराउनुभएको थियो ।सार्वजनिका गर्नुहुदै
भण्डारीले जिल्लामा रहेका साना किसानलाई उन्नत व्यावसायिक पशुपालन तथा बाख्रा पालन व्यावसायमा अग्रसर गदै
उनीहरुको आर्थिक जीवन स्तर उकास्न जिल्ला सहकारी संघ सफल भएको बताउनुभएको थियो ।
जिल्ला
सहकरी संघ तनहुँका अध्यक्ष पुरषोत्तम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याक्तका
क्षेत्रिय प्रतिनिधि शम्भु कार्की , जिल्ला पशुकार्यालय तनहुँका पुश चिकित्सक बाबुराम जमरकट्टेल, जिल्ला कृषि सहकारी
संघका अध्यक्ष रामजी लौडारी, जैविक कृषि सहकारी संघका संयोजक याम बहाद्ुर आले, नेपाली
कांग्रेसका प्रतिनिधि कृण्ण प्रसाद गौतम, एमालेका प्रतिनिधि राजेश्वर ढकाल, राष्ट्रिय
जनमुक्ति पार्टीका प्रतिनिधि बहादुर सिं थापा मगर लगायतले बोलेका थिए ।सो अवसरमा ५
जना उत्कृष्ट कृषकलाई सम्मान समेत गरेको बताइएको छ ।सम्मान हुने किसानहरुमा व्यास ३
का गोविन्द पौडेल, व्यास ३ कै रघुनाथ पनेरु, पोखरी भज्याङ्ग ८ का बृषराज गुरुङ्ग, पोखरीभज्याङ्गल
९ का चोलीमाया राना, र माझकोट १ का क्षेत्र बहादुर राना रहेको जिल्ला सहकारी संघले
जनाएको छ ।

