हङकङमा मजदुरहरुले एकसाथ मनाए मे दिवस

हङकङ हङकङमा १२५ औं अन्तराष्ट्रिय मजदुर दिवस विभिन्न देशको मजदुर संगठनहरुको सहभागितामा श्रमीकहरुले एकसाथ मनाएका छन्  श्रमिकहरुको विभिन्न नारा सहित अढाई घण्टाको र्यालिमाएकीकृत नेपाली मञ्च हङकङ’, ‘ओभरसिस नेपाली वर्कअर युनियन’, ‘घरेलु कामदार युनियन’, ‘नेपाली निर्माण कामदार युनियन हङकङ’, सुदूर पूर्वी प्रवासी नेपाली संघ लगायत विभिन्न नेपाली संघसस्थाहरुले र्यालीमा भाग लिएको थियो एकिकृत नेपाली मञ्चको ब्यानरमा सहभागिता भएको र्यालीमा  एनेकपा माओवादी पार्टी तथा पार्टीको जातिय मोर्चा लिम्बुवान, तमुवान, मगर, किराती राष्ट्रिय मुक्ति मोर्चाहरुको आफ्नो प्लेकार्ड सहित उपस्थित भएका थिए

हङकङमा हुने मे डे अर्थात अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा हरेक वर्ष यहाँको नेपाली संघसंस्थाहरुले भाग लिदै आएको मे डे मा भाग लिने नेपालीहरुको विभिन्न संघसंस्थाहरुले हरेक वर्ष आफ्नै माग पत्र वुझाउदै आएका छन्
वी आर वर्कअरवी आर नट सेभअर्थात हामी कामदार हौं, हामी सुरक्षित छैनौँ, विश्वको मजदुर एक होऔं, मजदुर एकता जिन्दावाद, आकासिंदो महगि नियन्त्रण गर , श्रमिक वेतन बृद्धि गर , नेपाली कामदार माथिको भिषा प्रतिवन्ध फुकुवा गर, समान कामको समान ज्याला देउ, आइएलओ महासन्धि पुरा गर जस्ता नाराहरु लगाएका थिए
कजवे बे स्थित भिक्टोरिया पार्क बाट सुरु भएको लाखौं मजदुरहरुको र्याली  सेन्ट्रल गभरमेण्ट अफिसको अर्थात हङकङका कार्यकारी प्रमुखको कार्यालय भवनको प्राङगणमा पुगेर सभामा परिणत भएको थियो सभामा यहाँको स्थानिय चाइनिज संघसंस्था, नेपाली लगायत विभिन्न देशका श्रमीक संगठनहरुले कार्यकारी प्रमुख सि वाई ल्योङलाई आफ्नो माग पत्र बुझाएका थिए र्यालीमा ६० प्रतिशत महिला कामदारहरुले भाग लिएका थिए
Previous Post Next Post

Header Ads

Ads1
Ads2