मकै बाली प्रबद्र्धन अन्तरक्रिया गोष्ठी दमौलीमा सम्पन्न ।




असार २७, तनहुँ । मकै बाली प्रबद्र्धन अन्तरक्रिया गोष्ठी दमौलीमा शुक्रबार सम्पन्न भएको छ ।जिल्ला कृषि विकास कार्यालय तनहुँको आयोजनामा अगुवा कृषकहरुसंग कृषि कार्यालयले मकै खेती सम्बन्धी अन्तरक्रिया गरेको हो ।सो कार्यालयले अभियान मुखी मकै भटमास उत्पादन कार्यक्रम अन्तरगत तनहुँको विभिन्न ठाउँमा ३ सय हेक्टर क्षेत्रफलमा उन्नत र हाइब्रिड जातको मकैको बिउ कृषकलाई बितरण गरी उत्पादनमा बृद्धि गर्ने लक्ष्य लिएको छ ।अगुवा कृषकहरुलाई  ४ हजार ५ सय ५० कृषकलाई ६ हजार केजी उन्नत र हाइब्रिड जातको मकैको बिउ वितरण गरेको उत्पादन लिने लक्ष्य रहेको अन्तरक्रिया गोष्ठीमा बरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कुमार मल्ले जानकारी गराउनुभएको थियो ।रानीपोखरी  देवघाट ,रुपाकोट ,ढोरफिरर्दी ,व्यास नगरपालिका लगायतका ठाउँमा गरी उन्नत जातका रामपुर कम्पोजित, अरुण २ , मनकमाना १ , मनकमाना ३ र हाइब्रिड जातमा कन्चन ,अर्ली २ मोती ९ सय ४० लगायतका गरी बिउ बितरण गरेको जिल्ला कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।सो अभियानले मकै उत्पादनमा बृद्धि गर्नका लागि सन्चालन गरेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत शशी अधिकारीले जानकारी दिनुभयो ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2