अभिनेत्री मिथिला शर्माले पूर्वआइजिपी बोहोरासँग बिहे गर्ने

अभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहोराबीच बिहे हुने भएको छ। ५० वर्षीया अभिनेत्री एवं नृत्यांगना शर्माले ७४ वर्षीय बोहोरासँग बिहे गर्न लागेकी हुन्। 
मिथिलाले यसै वर्षभित्र नै बिहे गर्ने बताएकी छिन् भने बोहोराले यसलाई बिहे भन्नुभन्दा पनि जीवनको उत्तरार्द्धमा साथीको खोजी गरेको बताएका छन्।  
मिथिला र बोहोरा लामो समयदेखि चिनजानमा छन्। बोहोराकी पत्नीको एक वर्षअघि निधन भएको थियो। मिथिलाको यसअघि बिहे भएको छैन। मिथिला र बोहोराको सम्बन्धले बोहोरा परिवार भने तनावमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

Previous Post Next Post

Header Ads

Ads1
Ads2