२१ बैशाख,
तनहुँ । तनहुँको जिल्ला प्रसाशन कार्यालयमा ९ महिनामा ३ करोड रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ ।आर्थिक बर्ष ०७० ÷०७१ को ९ महिनाको अवधिमा प्रसाशन कार्यालयमा ३ करोड १५ लाख ६० हजार रुपैयाँ राजश्व संकलन भएको छ ।प्रशासनको तथ्याङ्गक अनुसार राहादानीमा २ करोड ९९ लाख ३० हजार रुपैयाँ , संस्था दर्ता तथा नविकरणमा ८ लाख ७३ हजार ९ सय रुपैयाँ, प्रसाशनीय दण्द जरिवानामा ६ लाख ७४ हजार २ सय रुपैयाँ, हातहतियार नविकरणमा ३९ हजार ४ सय रुपैयाँ लगायतका गरी सो राजश्वसंकलन भएको हो ।यी राजश्व मध्य सबभन्दा बढी राहादानीबाट सबभन्दा बढी राजश्व संकलन भएको तथ्याङ्गमा उल्लेख छ ।गत बर्षमा जिल्ला प्रशासनमा २ कारोड ३४ लाख ६३ हजार ७ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।गत बर्षका तुलनमा यस बर्ष १६ लाख ३० हजार रुपैयाँ बढी राजश्व संकलन भएको जिल्ला प्रसाशन कार्यालयका लेखापाल प्रकाश गौतमले जानकारी दिनुभयो ।देशमा रोजगार नभएको भन्दै युवाहरु दैनिक राहादानी बनाउने संख्खा बृद्धि भएका कारण राजश्वमा बृद्धि भएको प्रसाशनले जनाएको छ ।

