भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा साहित्यक वाचन



असार २७, तनहुँ । आदिकवि भानुभक्त आचार्यको २०१ औ जन्मजयन्तीको अवसरमा आज शुक्रबार साँझ साहित्यक वाचन गदै छन ।गीतल प्रष्ठिान तथा नाटक मन्च तनहुँको आयोजनामा घाँसीकुवा स्थित भानु स्मारक पार्कमा भानुभक्तिय साहित्यक वाचन गदै छन ।तनहुँका साहित्यकारहरले भानु जन्मजयन्तीको अवसरमा आयोजित साहित्यक कार्यक्रममा  भानुभक्तको जीवनीमा आधरित रहेर साहित्यक वाचन गर्ने मन्चका सचिव अमरराज नहर्कीले जानकारी दिनुभएको छ ।नेपाली साहित्यलाई संरक्षण र संबद्र्धन गर्ने उदेश्यले स्थापना गरिएको गीतल प्रतिष्ठान तथा नाटक मन्चले प्रत्येक महिनाको अन्तिम शुक्रबार साहित्यक कार्यक्रमहरु गदै आइरहेको मन्चका अध्यक्ष शंकरराज नहर्कीले बताउनुभयो ।आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँलाई नेपाली साहित्यक राजधानीको रुपमा विकास गर्नका लागि साहित्यक कार्यक्रम गदै आइरहेको र आगामि दिनमा पनि निरन्तर दिदै लैजाने अध्यक्ष नहर्कीले जानकारी दिनुभयो ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2