नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि आर्थिक सहयोग



असार २७, तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि केशवटार गाविस–७ निवासी काजीमान श्रेष्ठले ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।उहाँले सो  रकम नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष एवं भवन निर्माण समितिका संयोजक प्रेमप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् ।केशवटार उच्च माविका प्राचार्य समेत रहेका श्रेष्ठले विद्यालय र शिक्षकहरुसँग समेत रकम संकलन गरी थप सहयोग गर्ने बताउनुभएको छ  ।सम्पूर्ण पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको भवन निर्माणमा केही सहयोग गर्न पाएकोमा श्रेष्ठले खुशी व्यक्त गर्नुभएको थियो ।सो अवसरमा निवर्तमान अध्यक्ष पौडेल र शाखाका सचिव उज्वल पौडेलले भवन निर्माणमा पु¥याएको सहयोगप्रति श्रेष्ठलाई धन्यवाद ज्ञापन समेत गर्नुभयो ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2