काठमाडौं, कात्तिक ६ -यसवर्ष तिहारमा
भारतबाट झण्डै १ करोड रुपैयाँ बराबरको सयपत्रीको फूल र माला आयात गरिएको छ ।
भारतबाट हिजोसम्ममा २ लाख ५० हजार सयपत्रीको फूलमाला आयात भएको
फ्लोरिकल्चर एसोसियन अफ नेपालले जनाएको छ ।
एसोसियसनका उपाध्यक्ष कुमार कसजू
श्रेष्ठका अनुसार पहिलो चरणमा ल्याउँदा फूल केही सस्तो भएपनि दोस्रो चरणका
ल्याउँदा महंगो भएको हो । हुदहुद आँधीका कारण फूल र मालामा नोक्सानी भएकाले
महंगोमा किन्नु परेको उहाँले बताउनुभयो । उहाँले बजार भाउ बुझेर मात्र फूल
र मालाकिन्न उपभोक्तलाई आग्रह गर्नभयो ।
यसैबीच नेपालबाट पहिलो पटक मखमली फूलको
निर्यात भएको छ । विदेशमा रहेका नेपालीका लागि भन्दै एसोसियसनले मखमली
फूलको पहिलो पटक निर्यात गरेको हो । एसोसियसनका अनुसार ८० देखि ९० लाख
रुपैयाँ बराबरको ३० हजार माला निर्यात गरिएको हो । परीक्षणका लागि यसवर्ष
अष्ट्रेलिया पठाएको र माग आए अर्को वर्षदेखि नेपाली बसेका सबै ठाउँमा
पुर्याउने एसोसियसनले जनाएको छ ।
