फुलवारी सेवा केन्द्र, फुलवारी सामुदायीक अस्पताल राईपुर, साँखेको १६औं साधारण सभा सम्पन्न, शालिग्राम भटृराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन ।।




सहमती नभए प्रक्रियाबाट भएपनि संविधान बन्छ : सभासद सिक्देल 
फुलवारी सेवा केन्द्र, फुलवारी सामुदायीक अस्पताल राईपुर, साँखेको १६औं साधारण सभा एवं व्यवस्थापन हस्तान्तरण कार्यक्रम विहिवार समपन्न भएको अस्पतालको आफ्नै भवनमा विहिवार सम्पन्न साधारणसभाले शालिग्राम भटृराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको समितिको उपाध्यक्षमा नरनाथ लम्साल, सचिवमा पुर्णचन्द्र पौडेल, सहसचिवमा हिमकुमारी पौडेल, कोषाध्यक्षमा रामप्रसाद सिक्देल, सदस्यहरुमा सन्तोष वाग्ले, राधादेवी पौडेल, कर्ण व। गुरुङ्ग, श्रीराम वाग्ले, भिम व।थापा जिवन पौडेल रहेका छन 
 
    कार्यक्रमको विहिवार एक समारोहका विच क्षेत्र नं का सभासद टुकराज सिक्देलले उद्धघाटन गरेका हुन कार्यक्रमको उद्घाटन गर्दै सिक्देलले सहमतिवाट नभए प्रक्रियामै गएर भएपनि निर्धारित समयमा मुलुकले नयाँ संविधान पाउने वताएका छन सकेसम्म सहमतिका लागी नेकपा एमाले लचिलो हुन तयार रहेको सहमति नभए प्रकियामा जान सकिने वताउँदै सिक्देलले यस्तो वताएका हुन सिक्देलले माओवादी एकिकृत माओवादी लगायतका दलहरुले पनि निर्वाचनको वेला गरेको वर्षभित्र संविधान दिने संकल्पलाई आत्मसाथ गर्दै लचिलो हुनुपर्ने वताए ,अन्यथा फेरी पनि अनेक वहानामा संविभान जारी गर्ने निर्धारित मिति माघ गतेलाई पनि पछि धकेल्ने कोशिष भए प्रक्रियामै गएर भएपनि संविधान जारी हुने वताए
  मुलुकलाई अनिर्णयको वन्दि वनाएर संविधानविहिनताको अध्याँरोमा धकेलन नहुनेमा जोड दिदैं सिक्देलले मेरो गोरुको वाह्रै टक्का भनेर अडान नलिई सहमतिको लागी लचिलो हुन पनि दलहरुलाई आग्रह गरे विगतको संविधानसभाले गरेका उपलव्धीहरुलाई पनि अहिलेको संविधानसभाले संस्थागत गरिसकेकोे सहमतिका लागी पहल प्रयासहरु भईरहेकाले जनताले चाहेजस्तो संविधान निर्धारित मितिमा मुलुकले पाउने दावी गरे
   सिक्देलले अस्पतालसँग सरोकार राख्ने सवैलाई भौतीक संरचनामा भन्दा सेवामा ध्यान केन्द्रीत गर्न सुझाव दिदैं नेपाल सरकारले दिने सहयोगको लागी सरकारको ध्यानार्कषण गराउन आफुले केन्द्रवाट पहल गर्ने वताए
   फुलवारी सेवा केन्द्रका अध्यक्ष जगन्नाथ सुवेदीले कार्यक्रममा ९२ लाख ६५ हजार सय ३९ रुपैया वरावरको सँस्थाको वार्षिक प्रतिवेदन एवं प्रगति विवरण पेश गरेमा थिए भने फुलवारी नेपाल जर्मनिका उपाध्यक्ष टंक पौडेल, जिविस तनहुँका भुतपुर्व उपसभापति चित्र . थापा, एकिकृत माओवादिका जिल्ला सचिव दिनेश गौतम, एमाले तनहुँका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ, नेकपा माओवादीका जिल्ला सदस्य जित .महत, एमाले तनहुँ क्षेत्र नं का अध्यक्ष मुत्ति तिमिल्सिना, एमाले स्याङ्गजा का तर्फवाट, सुर्यप्रसाद पौडेल, एकिकृत नेकपा माओवादी स्याङ्गजा चिसापानीका सल्लाहाकार सदस्य नरनाथ भुषाल, नेपाली काँग्रेस राईपुर का सभापति भिम व. मगर, नेकपा एमाले राईपुर का अध्यक्ष युवराज शर्मा, एकिकृत माओवादी राईपुरका अध्यक्ष नारायण सिक्देल, नेकपा माओवादी राईपुरका सेक्रेटरी जिवन पौडेल, आधारभुत उच्च मावि दश जोड दुई कि संयोजक मैया पौडेल, लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए
   फुलवारी सेवा केन्द्रका अध्यक्ष जगन्नाथ सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चेतनारायण पौडेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव हुम व. खड्का ले गरेका थिए
Previous Post Next Post

Header Ads

Ads1
Ads2