१२ कात्तिक, काठमाडौ । पोखरा
विश्वविद्यालयको भ्रष्ट्राचार आरोपमा सोमवार पक्राउ परेका उपकुलपति
खगेन्द्रप्रसाद भट्टराईसहित २४ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग
अनुसन्धान आयोगले मंगलवार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।
दुई करोड २४ लाख १६ हजार ७०७ रुपैंया ९२
पैसा विगो दावीसहित अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
पोखरा विश्वविद्यालय उपकुलपति भट्टराईसहितका पदाधिकारी तथा कर्मचारीहरुले
कलेजको सम्बन्धन, गैरकानूनीरुपमा चन्दा वितवरण, नियम विपरित कर्मचारीलाई
आर्थिक सुविधा, परामर्श सेवाको भुक्तानीमा अनियमितता, भवन निर्माण लगायतमा
भ्रष्ट्राचार गरी विश्वविद्यलयलाई हानी पुर्याएको आयोगको ठहर छ ।
विश्वविद्यालयको रकम हिनामिना गरी आर्थिक
दुरुपयोग गरेको पुष्टी भएको भन्दै विगोसहित कारवाहीको माग गर्दै आरोप पत्र
दायर गरिएको अख्तियार प्रवक्ता तथा सहन्याधिवक्ता श्रीधर सापकोटाले
मंगलवार विज्ञप्ति जारी गरी दिएका छन् ।
मनपरी शुल्कप्रति अख्तियारको ध्यानाकर्षण
निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्दा आफूखुशी मनपरी शुल्क असुली गर्दासमेत सम्बन्धित निकाय मौन रहेको भन्दै अख्तियारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्दा आफूखुशी मनपरी शुल्क असुली गर्दासमेत सम्बन्धित निकाय मौन रहेको भन्दै अख्तियारले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
शिक्षा ऐन २०२८ अनुसार सवै विद्यार्थी तथा
अभिभावकले सहजरुपमा देख्ने गरी सम्बन्धित विद्यालय परिसरभित्र
प्रवेशद्वारसागै भर्ना शुल्क, मासिक शुल्क तथा अन्य शुल्कबारे सार्वजनिक
सूचना बोर्ड राख्ने ब्यवस्था गर्न गराउन पनि अख्तियारले सरकारको
ध्यानाकर्षण गराएको छ ।

