फुलवारी अस्पताल साँखेको कार्यसमितिमा विवाद, कर्मचारीलाई नेर्तत्व दिईएकोमा असन्तुष्टि जनाउँदै थापा र पौडेलद्धारा समितिमा नवस्ने घोषणा ।


कार्तिक ७, तनहुँ -फुलवारी सेवा केन्द्र, फुलवारी सामुदायीक अस्पताल राईपुर, साँखेको १६औं साधारण सभा एवं व्यवस्थापन हस्तान्तरण कार्यक्रम समपन्न भएको अस्पतालको आफ्नै भवनमा विहिवार सम्पन्न साधारणसभाले शालिग्राम भटृराईको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको समितिको उपाध्यक्षमा नरनाथ लम्साल, सचिवमा पुर्णचन्द्र पौडेल, सहसचिवमा हिमकुमारी पौडेल, कोषाध्यक्षमा रामप्रसाद सिक्देल, सदस्यहरुमा सन्तोष वाग्ले, राधादेवी पौडेल, कर्ण . गुरुङ्ग, श्रीराम वाग्ले, भिम .थापा जिवन पौडेल रहेका छन तर सदस्यहरुमा चयन भएका हरुको नाम भेलाले पारित गरेपनि भिम . थापा जिवन पौडेल ले असन्तुष्टि जनाउँदै समितिमा नवस्ने घोषणा गरेका छन गाविसको कर्मचारीलाई नेर्तत्व दिईएकाले आफुहरुले असहमति व्यक्त गरेको असन्तुष्ट मध्येका एक नेपाली काँग्रेस राईपुर गाउँ कमिटिका सभापति भिम . थापा ले वताए विगत १७ वर्षदेखी पनि केहि परिवार कर्मचारीले चलाउँदै आएको अवका दिनमा त्यस्तो परिपाटिको अन्त्य हुनुपर्ने वताउँदै थापाले अहिलेको समिति पनि मास्टर प्लान वमोजिम नियोजित ढंगले आएको आरोप  लगाए
    यस्तै असन्तुष्टमध्येकै अर्का नेकपा माओवादी राईपुर का सेक्रेटरी जिवन पौडेल ले पनि गाविसको कर्मचारी भन्दा वाहिरवाट नेर्तत्व खोजौं भन्ने आफुहरुले चाहेको गाविसको कर्मचारीले गाविसको काम पनि हेर्नुपर्ने दोहोरो भुमिका रहँदा प्रभावकारी नहुन सक्ने भएकाले सवै पक्षलाई मिलाएर लैजान सक्ने नेर्तत्व रहोस भन्ने मनसायले असहमति व्यक्त गरेको वताए यता नवनियुक्त अध्यक्ष शालिग्राम भटृराई सरकारको निति जस्तो भएपनि आफ्नो ठाउँको विकासको लागी मिलेर जानुपर्ने यो वा त्यो भनेर भेदभाव गर्न नहुने वताउँछन आफु असन्तुष्ट पक्षलाई पनि मिलाएर जाने पक्षमा रहेको वताउँदै भटृराईले विकासको निमिक्त विमतिभित्रैवाट पनि सहमति खोजेर जानुपर्ने वताए
          विहिवार सम्पन्न १६ औं साधारण सभासँगै असपतालको व्यवस्थापन समुदायमा हस्तान्तरण भएको यसभन्दा अगाडि गैरसरकारी सँस्थाको रुपमा रहेको फुलवारी सेवा केन्द्रद्धारा सञ्चालीत अस्तपताल ले यही असोज १३ गतेवाट नेपाल सरकारको तर्फवाट सामुदायीक अस्पतालको मान्यता पाएको हो अस्पताल सञ्चालनको लागी  आर्थिक सहयोग जुटाउन २०६९ मा महायज्ञ सञ्चालन गरिएको थियो महायज्ञवाट करोड भन्दा वढि रकम संकलन भएको थियो
        १५ सैयाको क्षमता रहेको उत्त अस्पतालमा २४ सै घण्टा ईर्मजेन्सी सेवा, एम वि वि एस डाक्टरवाट ओपिडि सेवा, एम्वुलेन्स सेवा, ल्याव परिक्षण सेवा, एक्सरे, भिडियो एक्सरे, ईसिजि, माईनर अप्रेशन लगायतका सुविधा प्रदान गर्दै आईरहेको अस्पतालको सेवावाट तनहुँको राईपुर, फिरफिरे, भानुमति, स्याङ्गजाको मग्याम चिसापानी, किचनास, ओरष्टे, कोल्मा, चित्रेभञ्ज्याङ्ग, चिन्नेवास लगायतका जनताहरु लाभान्वीत भएका छन    

Previous Post Next Post

Header Ads

Ads1
Ads2