१६ कात्तिक, तनहुँ - ढोरेली सेवा समाज काठमाण्डौ को आयोजना र श्री छब्दी उच्च मावि, छब्दीको सहआयोजनामा ढोरक्षेत्र भित्रका उच्चमाविहरु विचको हाजिरि जवाफ प्रतियोगीता आईतवार सम्पन्न भएको छ । कुल ७ विधालयको सहभागिता रहेको प्रतियोगीतामा राजपुर मावि विसौना प्रथम, छव्दी उच्च मावि छव्दी द्धितिय र गाउँफर्कोदय उच्च मावि ढोरफिर्दि तृतीय भएका छन । प्रतियोगीतामा प्रथम हुनेलाई आईतवार नै पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै आईतवार नै ढोरक्षेत्रका सामुदायीक विधालयहरुवाट गत एस एल सि परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल आधारभुत उच्च मावि का छात्र जाम व. शाही र कामना पौडेललाई नगद ३ हजार र प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा विधार्थिहरुले नृत्य र गित प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।
छब्दी उच्च माविको प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै सभासद आशा खनालले सहमतिवाट निर्धारित समय माघ ८ मा संविधान जारी हुने सम्भावना क्षीण हुँदै गएको वताउँदैे निर्धारित मितिमा मुलुकले नयाँ संविधान पाउन नसके देश फेरी युद्धको दिशातर्फ धकेलीने वताउँदै निर्धारित मितिमा संविधान जारी गर्ने वातावरण तयार पार्नको लागी सवैले आ आफ्नो तवरवाट दवाव दिनुपर्ने वताईन ।सभासद खनालले देश संविधान निर्माणको प्रक्रियामा रहेकाले आफुले आफनो जिम्मेवारी सक्रियतापुर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाईन ।
यस्तै कार्यक्रममा विशेष अतिथि लोक सेवा आयोगका सचिव विष्णु प्रसाद लम्सालले आफुले अक्षरआरम्भ गरेको विधालयमै आएर आफ्ना कुराहरु राख्न पाँउदा गर्वको महशुस भएको अनुभुती सुनाउँदै यस क्षेत्रको लागी आफुले आफ्नो स्थानवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यत्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति महेश्वर भटृराई, एकिकृत माओवादीका विश्वजित गौतम, विधालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र भटृराई, पुर्व अध्यक्ष प्रेमनमरायण पौडेल, समाजका पुर्व अध्यक्ष एवं सल्लाहकार धर्मराज भटृराई लगायतले वोलेको थिए ।
ढोरेली सेवा समाज काठमाण्डौका अध्यक्ष एकराज सिक्देलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा छव्दी उच्च मावि का प्राचार्य यज्ञप्रसाद सिक्देलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन समाज का महासचिव मधुसुदन सिक्देलले गरेका थिए ।









