१५ कात्तिक, तनहुँ - कवासे खानेपानी तथा सरसफाई उपभोक्ता समिति शुक्लागण्डकी
२ को चौथो साधारणसभा सम्पन्न गरेको छ । नेवार समाजको भवन दुलेगौंडामा आयोजित साधारण
सभाको प्रमुख अतिथी जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलय तनहुँका प्रमुख हरिदत्त
पौडेलले उद्घाटन गरेका हुन । कार्यक्रमको उद्घाटन गर्दै पौडेलले पौडेलले सन २०१७ साल
सम्ममा जिल्लाका सबै ठाउँमा खानेपानीको पुहच प¥याउने बताउनुभएको छ । परम्परागत खानेपानीको
श्रोतले आगामी दिनमा माग धान्न नसक्ने भएकाले अझै ठुलो श्रोतको खोजी गरिनुपर्ने वताउँदै
उनले नेपाल सरकारको तर्फवाट ठुलो खानेपानीको योजना ल्याउनेमा आफुहरु प्रयत्नशिल रहेको
वताए ।
पौडेलले भर्खर वनेको नगरपालीका पनि भएको कारण
आफुले यस क्षेत्रलाई प्राथमीकता दिदै आएको र नयाँ खानेपानीको योजना भित्र्याउनको लागी
सक्रियता वढाउन सवैलाई आग्रह पनि गरे । खानेपानीको स्तरउन्नतीको लागी महसुल पनि वढाउन
पौडेलले उपभोत्ता समितिलाई जोड दिए
यस्तै कार्यक्रममा शुक्लागण्डकी नगरपालीकाका
कार्यकारी अधिकृत हरेराज नागीलाले नगरपालीकाको तर्फवाट जनताहरुलाई स्वच्छ खानेपानी
उपलव्ध गराउन सम्पुर्ण तवरले लागीपर्ने प्रतिवद्धता व्यत्त गरेका थिए । कार्यक्रममा
खानेपानी तथा सरसफाई डिभिजनका ईञ्जिनियर चिरञ्जीवी सेढाई, लालीम खानेपानी तथा सरसफाई
उपभोक्ता समितिका अध्यक्ष ठाकुर प्र.पौडेल, कवासे खानेपानी तथा सरसफाई उपभोक्ता समितिका
सल्लाहकार सदस्य एवं काँग्रेस तनहुँका प्रवक्ता हरि वाग्ले, पुर्व अध्यक्ष देउनारायण
श्रेष्ठ, दधिराज पौडेल, सल्लाहकार सदस्यहरु अधिवक्ता करुणानिधि कोईराला, दधिराज पौडेल,
शिव व.कार्कि, लाल प्रसाद गर्तौला र महिलाहरुको तर्फवाट दुर्गा शर्मा न्यौपाने लगायतले
वोलेका थिए ।
समितिको २०७०/७१ को ४३ लाख ८६ हजार वरावरको लेखापरिक्षण प्रतिवेदन कोषाध्यक्ष
खिम व. कार्कि ले प्रस्तुत गरेका थिए भने अध्यक्ष ठानप्रसाद काफ्ले ले वार्षिक प्रतिवेदन
प्रस्तुत गरेका थिए । साधारण सभाले पाईपलाईन विस्तार गर्ने, नयाँ मुल दर्ता गर्ने,
मुहान ईन्टेक ट्याङ्की निर्माण, प्रशोधन ट्याङ्की निर्माण, महशुल वृद्धि, विधान शंसोधन,
लगायतका योजनाहरु पारीत गरेको छ । समितिका अध्यक्ष ठान प्रकाश न्यौपानेको सभापतित्वमा
सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष रामप्रसाद सापकोटा ले स्वागत गरेका थिए भने कार्यक्रमको
सञ्चालन सचिव सम्मर व. कार्कि ले गरेका थिए ।


