खैरेनीटार वजार ईकाईको नयाँ कार्यसमिति चयन प्रक्रिया पुरा ।।

खैरेनीटार वजार ईकाई समितिको आगामी ३ वर्षको लागी नयाँ कार्यसमिति चयन प्रक्रिया पुरा भएको छ । समितिको सभापतिमा अर्जुन कुमार श्रेष्ठ, उपसभापतिमा वर्मकुमार श्रेष्ठ, कोषाध्यक्षमा गंगाराम श्रेष्ठ, जिल्ला प्रतिनिधिमा हरि व.थापा, र सदस्यहरुमा रविन्द्र शर्मा, राज व.थापा, अमृत घिमिरे, उपेन्द्र तिम्सिना, वसन्ता श्रेष्ठ, गोपिकृष्ण तिवारी, केश व.गुरुङ्ग र प्रेम व. श्रेष्ठ रहेका छन ।
                 सभापति, जिल्ला प्रतिनिधि र सदस्यहरुमा सर्वसम्मत सहमति वनेपनि उपसभापति र कोषाध्यक्ष पदको लागी सहमति हुन नसकेपछि विहिवार निर्वाचन गरिएको थियो, निर्वाचनमा उपसभापति का लागी वर्म कुमार श्रेष्ठ ले प्रतिद्धन्दी सुजित हिराचनलाई ३ मतको झिनो अन्तरले पछाडी पार्दै १०५ मत ल्याएर निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी हिराचन ले १०२ मत प्राप्त गरेका थिए । यस्तै कोषाध्यक्षमा गंगाराम श्रेष्ठले १२३ मत ल्याउँदै निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी राजन सुवेदी ले जम्मा ८४ मत प्राप्त गरेका थिए ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2