च्याउ खेती गरेर स्वदेशमा नै आत्मनिर्भर वन्दै,१८ वर्षिय सुरज ।।



पुस १२, तनहुँ – शुक्लागण्डकी नगरपालीका कवासेका सुरज पौडेलले १८ वर्षको उमेरमा नै व्यवसायीक च्याउ खेती गरेर आम्दानी लिन थालेका छन भर्खरै  हेटौडामा कृषि पढ्दै गरेका पौडेलले कलेज विदा भएको फुर्सदको समयमा घरभित्रैको कोठामा पहिलो चरणमा ६० पोका कन्ये च्याउ लगाएर व्यवसायीक च्याउ खेती शुरु गरेको छन

च्याउ खेती शुरु गरेको जम्मा २८ दिन भएको वताउने सुरज ले च्याउ खेतीको राम्रो सम्भावना भएको वजारवाट पनि राम्रो माग आएको वताए यो विचमा उनले प्रति किलो २२० रुपैंयाका दरले ४० किलो भन्दा वढि च्याउ वेचीसकेको वताए च्याउका पनि विभिन्न प्रकारहरु हुने भएकाले वजारमा पनि च्याउको माग राम्रो भएकाले सवै प्रकारका च्याउ खेती गर्ने आफ्नो योजना रहेको उनले सुनाए  
  
प्रत्येक दिन हजारौको संख्यामा युवाहरु वैदेशीक रोजगारीको लागी विदेश पलायन भैरहेको वेला सरकारले कृषि क्षेत्रमा लाग्ने लाई प्रोत्साहन गर्न सके व्यसायीक कृषिको लागी विभिन्न खालका  तालीमहरु दिन सक्ने हो भने पनि स्वदेशमै वसेर पनि केही गर्न सकिने सम्भावना रहेका पौडेलले वताए


Previous Post Next Post

Header Ads

Ads1
Ads2