फिरफिरे श्रोतकेन्द्रका सामुदायीक विधालयका शिक्षकहरुविच परिचयात्मक एवं शैक्षिक अन्र्तक्रिया



१८मंसिर,तनहुँ–सामुदायीक विधालयको शैक्षीक गुणस्तरमा सुधार ल्याउन विधालयमा राजनैतीक हस्तक्षेप वन्द गरिनुको साथै वेलैमा पाठ्यपुस्तकहरु उपलव्ध गराउनुपर्नेमा एक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले जोड दिएका छन तनहुँको फिरफिरे श्रोतकेन्द्र अन्र्तगत रहेका विभिन्न सामुदायीक विधालयका प्रधानाध्यापक एवं शिक्षकहरुविच आयोजना गरिएको परिचयात्मक एवं शैक्षिक अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो वताएका हुन तनहुँको प्रसिद्ध धार्मिकस्थलहरु मध्येको एक ढोरवाराही मन्दीर परिसरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा मा वोल्ने अधिकांश वक्ताहरुले विधालयलाई राजनीतीवाट टाढा राखिनुपर्ने, पाठ्यपुस्तकहरु समयमा नै उपलव्ध हुने वातावरण तयार गर्नुपर्ने विधालयको भौतीक पुर्वाधार एवं शैक्षीक विकासको लागी सरकारी अनुदान वढाउनुपर्ने लगायतका कुरामा जोड दिएका हुन
 
कार्यक्रममा वोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलय तनहुँका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले अहिले शिक्षाको स्वरुप संरचना संगै प्रविधि चेतना पनि वदलिएकाले शिक्षकहरुले परम्परागत सिकाई प्रणाली वदल्नुपर्ने समयको मागवमोजिम चल्नुपर्ने वताउँदै अन्यथा नयाँ पिढिले अहिलेको शिक्षालाई विश्वास गर्ने अवस्था नरहने वताए
    अधिकारीले समस्या अरुलाई थोपर्ने भन्दा पनि समस्या कहाँनेर भनेर मनन गर्नुपर्ने वताउँदै अरुलाई समस्या देखाउर्ने प्रवृति छोडेर समास्यातिर आर्फै फर्केर समाधान तर्फ लाग्न शिक्षकहरुलाई आग्रह गरे कार्यक्रममा वोल्दै सामुदायीक विधालयहरुमा पठन पाठनको समय कम भएको वताउँदै धेरै समय विदा हुने कक्षा हुने वेलामा नियमित पढाई नहुने समस्याको कारण भएको वताए  शिक्षकहरुले पाठ्यक्रमको उपलव्धी निर्धारण गरेर योजनावमोजिम सिकाई क्रियाकलापमा नलाग्नु नै त्रुटिपुर्ण भएको जिकिर गरे
      कार्यक्रममा शहिद कृष्ण क्याम्पस का क्याम्पस  प्रमुख अम्विका घिमिरे, विधालय निरिक्षकहरु व्सन्तराज पौडेल, रुद्र शर्मा, थर्पु श्रोत केन्द्रका श्रोतव्यत्ति हुक्तमणि अधिकारी लगायतले  पनि आफ्नो भनाई राखेका थिए । श्रोतकेन्द्रअन्र्तगत उच्च मावि, मावि, निमावि प्रावि गरी ३४ वटा विधालय रहेका छन कार्यक्रममा क्षेत्रगत रुपमा राईपुर गाविस, फिरफिरे गाविस शुक्लागण्डकी नगरपालीका भित्र रहेका विधालयहरुको तर्फवाट /१जना शिक्षकले विधालयका समस्या, शैक्षीक विकासका सम्भावना, चुनौती समाधानका उपायहरु समेटेर प्रतिवेदन प्रस्तुत गरेका थिए राईपुर गाविस भित्र रहेका विधालयहरुको प्रतिनिधित्व गर्दै आधारभुत उच्च मावि का प्राचार्य ज्ञाननारायण पौडेलले विधालयहरुमा राजनितिक हस्तक्षेप वन्द गरिनुपर्ने, शैक्षीक सुधारका लागी भौतीक पुर्वाधार सुविधामा वृद्धि गरिनुपर्ने, शैक्षिक अन्र्तक्रियाहरु सञ्चालन गरिनुपर्ने लगायतका कुराहरुमा जोड दिएका थिए
             यस्तै फिरफिरे गाविसमा रहेका विधालयहरुको तर्फवाट जनप्रेमी उच्च मावि का प्रधानाध्यापक क्रषिराम लामीछाने प्रतिवेदन प्रस्तुत गर्दै वुद्धिजिवि एवं शिक्षित अभिभावकहरु शहर केन्द्रीत भएका कारण पनि सामुदायिक विधालयहरुको शैक्षिक स्तर खस्केको जस्तो देखीएको वताए संस्थागत विधालयहरुको पाठ्यक्रमको तुलनामा सामुदायिक विधालयहरुमा तल्लो तहमा पढाईने पुस्तकहरु आर्कषक नहुनु, स्थानीय शिक्षकहरु घरायसी काममा अल्झीनु, पाठ्यपुस्तकहरु समयमै उपलव्ध हुन नसक्नु, सार्वजनिक विदाहहरु धेरै पर्नु जस्ता कारणले शैक्षीकस्तर उकास्ने विषयमा सामुदायिक विधालयहरु पछि परेको वताएका थिए लामीछानेले विधालयलाई सरकारी अनुदान वढाईनुपर्ने, शिक्षकहरुका लागी पुर्नताजगी तालीमहरु सञ्चालन गरिनुपर्ने, सेवा अवधीको आधारमा अनिवार्य सरुवाको व्यवस्था शैक्षीक सत्र शुरु हुनु अगावै पाठ्यपुस्तकहरु उपलव्ध गराईनुपर्नेमा पनि जोड दिएका थिए
              यस्तै शुक्लागण्डकी नगरपालीका भित्र रहेका विधालयहरुको प्रतिनिधित्व गर्दै गाउँफर्कोदय उच्च मावि का प्रचार्य कृष्णप्रसाद लम्सालले पनि विधालयलाई राजनैतीक हस्तक्षेपवाट टाढै राख्न सुझाव दिए उनले विधालय एवं शिक्षकहरुलाई कार्य गुणस्तरका आधारमा दण्ड सजायको लागी सिफारिस गर्नुपर्ने, विधालयको वातावरण स्वच्छ शान्त हुनुपर्ने , अभिभावकहरुले शैक्षिक प्रगती वुझि विधार्थि शिक्षकहरुलाई सल्लाह सुझाव दिनुपर्ने लगायतका कुरामा जोड दिएका थिए
      श्रोतकेन्द्रमा रहेका विधालयहरुमध्ये उत्कृष्ट विधालयको रुपमा चर्चा कमाएको शुक्लागण्डकी १५ स्थीत शुक्ला प्राविका शिक्षक मुत्तिनाथ भटृराईले विधालय पठनपाठन प्रणाली को वारेमा वोल्दै जिल्ला शिक्षा अधिकारी समक्ष एक पटक विधालयको अनुगमन गरिदिन आग्रह गरे कार्यक्रममा श्रोतकेन्द्रमा भर्खरै स्थायी नियुक्ती लिएर आएका शिक्षकहरुलाई खादा अविर लगाई स्वागत गरिएको थियो भने श्याम .श्रेष्ठ लाई सेवा निवृत भएकोमा विदाई गरिएको थियो
    हिमाली प्रावि शुक्लागण्डकी १४ का व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष डिल  .आलेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अन्नपुर्ण प्रावि कि प्रअ माधवी सिक्देलले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन श्रोतव्यक्ति धन नारायण श्रेष्ठले गरेका थिए
      यसैविच शुक्रवार नै जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले छव्दी स्थीत छव्दी उच्च मावि को अवलोकन गरेका छन । जिल्ला शिक्षा अधिकारी लाई विधालयका प्राचार्य यज्ञराज सिक्देलले विधालयको अवस्था र गतिविधिको वारेमा जानकारी गराएका थिए ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2