मंसिर
२४, तनहुँ
– तनहुँको
दमौली
स्थित
जिल्ला
अस्पतालमा
उपकरण
नआउँदा
स्वास्थ्य
सेवा
प्रभावित
भएको्
छ
।
जापान
सरकारबाट
जिल्ला
अस्पतालका
लागि
उपलब्ध
गराउने
भनिएको
१
करोड
रुपैयाँ
बराबरको
उपकरण
प्राप्त
हुन
नसक्दा
स्वास्थ्य
सेवा
प्रभावित
भएको
हो
।गत
बर्ष
सो
अस्पतालको
निरिक्षणका
लागि
आएका
वेला
नेपालका
लागि
जापानी
राजदुतले
१
करोड
रुपैयाँ
बराबरको
उपकरण
उपलब्ध
गराउने
प्रतिवद्धता
जनाए
पनि
अहिलेसम्म
ती
उपकरणहरु
प्राप्त
हुन
नसक्दा
स्वास्थ्य
सेवा
प्रभावित
भएको
बताइएको
छ
।
जिल्ला स्वास्थ्य प्रमुख डा. विवेक कुमार लालले जापान सरकारले उपलब्ध गराउने भनिएको उपकरणहरु उपलब्ध हुन नसक्दा अस्पतालबाट हुने कामहरु अगाडि बढाउन समस्या परेको बताउनु भयो ।१० करोड जापानी ऐन बराबरको उपकरण सहयोग गर्ने वचन राजदुतले दिएपनि अहिलेसम्म उपकरण नआउँदा अस्पतालबाट दिइने स्वास्थ्य सेवा प्रभावित भएको छ डा. लालले भन्नु भयो । जापानी राजदुतावासमा ३÷४ पटक पुगेर आवश्यक डकुमेन्टहरु बुझाएपनि उपकरण आउन नसकेको उहाँले बताउनु भयो ।सवा ४ करोडको लागतमा ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण भएपनि त्यसका लागि आवश्यक उपकरण नहुँदा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न नसकिएको उहाँले बताउनु भयो ।
शल्यक्रिया,
इसिजि,
अल्ट्रासाउन्ड, भिडियो एक्सरे, दाँत, नाक, कान, घाँटी, आँखा, पानी शुद्धिकरण,ल्याव लगायतका क्षेत्रमा आवश्यक पर्ने उपकरणहरु प्राप्त हुन नसक्दा स्वास्थ्य सेवा प्रभावित बनेको अस्पतालले जनाएको छ ।

