मंसिर २४, तनहुँ – तनहुँको
आबुखैरेनीको
मिलनचोकमा
पर्यटक
कारले
पैदलयात्रुलाई बुधबार दिउसो ठक्कर दिदा एक बृद्धाको मृत्यु भएको छ । पोखराबाट मग्लिन तर्फ जादै गरेको ग १ य ३८८ नम्बरको पर्यटक कारले पैदलयात्रुलाई ठक्कर दिदा आबुखैरनी मिलनचोकका ७० बर्षिय सुकुमाया विकको उपचारको क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।गम्भिर घाइते भएकी विकलाई उपचारका लागि चितवनको भरतपुर स्थित नयाँ मेडिकल कलेजमा लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ ।
त्यस्तै यास १० डाङग्रेखोल्सी नजिकैको भिरबाट मंगलबार राती खसेर एक रिक्सा चालक गम्भिर घाइते भएका छन् । गोरखा मान्गु गाविस घर भई हाल व्यास १० मा बस्ने ५० बर्षिय रसबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको उद्धार गरी दमौली अस्पतालमा उपचारपछि घर फर्केका छन । मादक पदार्थ सेवन गरेका कारण गुरुङ बाटो छोडेर भिर तर्फ लाग्दा त्यहाँबाट खस्न पुगेको अनुमान प्रहरीको छ ।

