
मंसिर
२४, तनहुँ
– तनहुँमा विविध कार्यक्रमको आयोजना गरी अन्तराष्ट्रिय लैगिक हिंसा विरुद्ध १६ दिने अभियान मनाएको छ । घर शान्ति नै बिश्व शान्तिको आधार महिला हिंसा बिरुद्ध शुन्य सहिष्णुता कायम गरौ भन्ने मुल नाराका साथ १६ दिने अभियानको बुधबार दमौलीमा एक कार्यक्रम आयोजना गरी समापन गरेको छ ।
प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले एक कार्यक्रमका बीच १६ दिने अभियानको समापन गर्नुभएको छ । समापन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले लैगिक हिंसा अत्यका लागि १६ दिने अभियानले सहयोग गरेको बताएका छन ।उहाँले पछिल्लो समयमा नेपालमा लैगिंक हिंसा बढीरहेको भन्दौ त्यसको अत्यका लागि सबै महिला एक जुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
जनजागृत आमा समुह दमौलीका अध्यक्ष भगवती श्रेष्ठको सभापत्विमा सम्पन्न भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालयका अधिकृत रमा अधिकारी , सेतो गुँरासका सरीता भण्डरी , प्रहरी नायब निरक्षक भोजप्रसाद पाण्डे, रिसेड तनहुँका अध्यक्ष मदन पौडेल लगातयले लैगिक हिंसा अत्य हुनुपर्ने बताएका थिए ।
लैगिक हिंसा विरुद्ध १६ दिने अभियानमा तनहुँमा विभिन्न संघ संस्थाले लैगिक हिंसा बिरुद्ध बिषयमा हाजिरी जवाफ, बक्तत्वकला प्रतियोगिता , अन्तरक्रिया लागतयका कार्यक्रम गरी मनाइएको बताइएको छ ।
