आज मदन भण्डारीको ६०औं जन्म जयन्ती

रहस्यमय दासढुंगा जिप दुर्घटनामा ज्यान गुमाएका तत्कालीन एमाले महासचिव मदनकुमार भण्डारीको ६०औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

भण्डारीको जन्म जयन्तीका अवसरमा नेकपा उमाले र मदन भण्डारी फाउण्डेशनले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा विविध कार्यक्रम गर्दैछन् । २००९ साल असार १४ गते आजकै दिन ताप्लेजुङमा पिता देवीप्रसाद र माता चन्द्रकुमारीका माइला सन्तानका रुपमा भण्डारीको जन्म भएको थियो ।

पञ्चायती शासनको अन्त्य गरी कम्युनिष्ट सत्ता ल्याउन लामो समय भूमिगत राजनीतिमा सक्रिय भण्डारी २०४६ सालको राजनीतिक परिवतैन पछि भएको नेकपा पाँचौं महाधिवेशनपछि नेकपा एमालेको शक्तिशाली महासचिव पदमा निर्वाचित हुनु भएको थियो ।

जनताको बहुदलीय जनवादका प्रवर्तक भण्डारी बहुदल आगमनपछि २०४८ सालमा भएको पहिलो पटक भएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ बाट उम्मेद्वरा बनेका भण्डारीले तत्कालीन अन्तरिम सरकारका प्रधानमन्त्री कांग्रेस नेता कृष्णप्रसाद भट्टराईलाई पराजित गर्नुभएको थियो ।

पोखरामा आयोजित पार्टीको एक कार्यक्रममा सहभागी भएर चितवन जाँदैगर्दा भढडारी चढेको जिप चितवनको दासढुंगा भन्ने स्थानबाट त्रिशुली नदीमा खस्दा उहाँसहित एमाले संगठन विभाग प्रमुख जिवराज अश्रितको ज्यान गएको थियो ।

गाडी चालक अमर लामा भने दुर्घटनामा शकुसल बँचेका थिए । घटनाका एकमात्र जिवित साक्षी उनको जेलबाट छुटेपछि अज्ञात समूहबाट किर्तिपुरमा हत्या भयो । घटनापछि हत्यारालाई कारबाहीको माग गर्दै चर्को आनदोलन गरेको एमाले त्यसयत पटकपटक सरकारको नेतृत्वमा पुगेपनि दामसढुंगा काण्डको रहस्य अझै पत्ता लागेको छैन ।

भण्डारी पत्नी विद्यावेदी भण्डारी पनि एक पटक मन्त्री भइसकेकी छन् । उनी हाल एमाले उपाध्यक्षसमेत छिन् ।

Previous Post Next Post

Header Ads

Ads1
Ads2