रामशरण नेपाली,रेडियो तनहुँ,तनहुँ
जातिय राज्य र विभेदकारी नितिको विरुद्ध मा एकजुट भएर लाग्न तनहुँको खैरेनीटारका ब्राम्हणहरु संगठित भएका छन । आज खैरेनीटारमा ३०० जना भन्दा बढि उपस्थीती रहेको ब्राम्हणहरुको भेलाले नेपाल ब्राम्हण समाज खैरेनीटार गाउँ कार्य समिति को गठन गरेको हो । ब्राम्हण जातिलाई आदिवासिमा सुचिकृत गर्नुपर्ने,जातीय आरक्षण नभई वर्गीय आरक्षण कायम गर्नुपर्ने,राज्यले दिने वृद्धभत्तामा उमेरको विभेद अन्त्य गरी समान रुपमा वितरण गर्नुपर्ने लगाएतका मागलाई प्रभावकारी रुपमा उठाउन दिब्यरमण अर्याल को अध्यक्षतामा १३ सदस्यीय नेपाल ब्राम्हण समाज खैरेनीटार गाउँ कार्य समिति को गठन गरेको छ । समिति को उपाध्यक्षमा नरनाथ घिमिरे,सचिव वोधराज ढकाल,कोषाध्यक्ष विष्णुमाया घिमिरे,सदस्यहरुमा बलराम घिमिरे,पुष्पराज लामिछाने ,धर्मराज पाण्डे,रेशमलाल पौडेल,केदार तिमिल्सिना,टिकाराम सिक्देल,सिता उपाध्याय,माधव पौडेल,भानुभक्त सुवेदी,रहनुभएको छ । समाजको जिल्ला प्रतिनिधि को रुपमा दिव्यरमण पौडेल ,माधव पौडेल,र भानुभत्त सुवेदी,लाई चयन गरिएको छ भने सल्लाहाकार समितिमा चिरञ्जिवि पौडेल,रामचन्द्र उपाध्याय,पुरुषोत्तम लामीछाने,लक्ष्मण शर्मा,नर्वदा पौडेल,यमुना पौडेल,र हरिभत्त तिमिल्सिना रहनुभएको छ ।
