२१ बैशाख, तनहुँ । तनहुँको दक्षिणी वेल्ड कोटदरबार गाविसमा परम्परागत खेतीले आत्मनिर्भर बन्न नसके पछि किसानहरु व्यावसायिक तरकारी खेती तर्फ आर्कषित हुन थालेका छन ।परम्परागत रुपमा लगाउदै आइरहेको मकै ,गहुँ , कोदो , घैयाँ लागयतको खेतीले बर्ष दिन सम्म पनि खाना नपुग्ने भए पछि तरकारी खेती तर्फ लागेको किसानहरुले बताएका छन ।तरकारी खेती तर्फ लागेपछि कोटदरबार गाविसमा व्यावसायिक तरकारी खेती सम्बन्धी २ दिने तालिम समेत किसानले लिएका छन ।गाविस स्तरी कृषि समुह कोटरदरबारका अध्यक्ष डोलराज नेपालीको अध्यक्षतामा सम्पन्न भएको तालिममा रानीपोखरी कषि उपशाखाका जेटिए जानुका लिम्बुले किसानहरुलाई तरकारी लाउने विधि , गोडमेल, भण्डारन लगायतको बिषयमा सहाभागिलाई प्रशिक्षण दिएको स्थानीय खेली माया थापा मगरले जानकारी दिनुभयो ।सो तालिमा हिँउदे र बर्षे तरकारीहरु काउली , बन्दा , गोलभेडा, करेला, घिरुला, लगायतका तरकारी किसानले लगाउने भएका छन । सो तालिमा २५ जना अगुवा किसानहरुको सहभागिता रहेको थियो ।सो ठाउँमा उत्पादन गरेका तरकारीको बजारीकण समेत त्यस आसपासमा नीकै राम्रो भएको समेत अनुमान गर्न सकिन्छ ।
तनहुँको कोटदरबार गाविसमा किसानहरु व्यावसायिक तरकारी खेती तर्फ आर्कषित