एक दिने विशेष सत्संग समारोह सम्पन्न


२१ बैशाख, तनहुँ अद्धैत संस्था दुलेगौंडा शाखाका संस्थापक डा. क्षितीजचन्द्र चक्रावर्तीको ११६ औं जन्मजयन्तीको अवसरमा आज एक दिने विशेष सत्संग समारोह सम्पन्न भएको छ । संस्थाका प्रखर शिवशंकर सिग्देलको सभापतित्वमा भएको समारोहको गीतामृत परायणसहित संस्थाका अञ्चल निरीक्षक ठाकुरसाद शास्त्रील उद्घाटन गर्नुभएको थियो । संस्थाका सचिव टीकादेवी भट्टराई र गुरुबन्दना देबी थापाले स्वागत गर्नुभएको कार्यक्रममा ठानप्रसाद काफ्ले, खीमलाल पौडेल, बेदबहादुर खड्का, मेखबहादुर अधिकारी, भीष्मलाल पौडेल, पदमलाल लामिछाने, सोमनाथ घिमिरे, सुबेदार रत्नबहादुर थापा, दुर्गाप्रसाद भट्टराई, युवराज सिग्देल, लोकनाथ भट्टराई, होमनाथ अधिकारी, साबित्री ढुङ्गाना, कलपना सिग्देल, मोतीप्रसाद रेगमी, तीर्थराज खनाललगायतका परायणकर्ताहरुको उपस्थिती रहेको थियो ।
Previous Post Next Post

Header Ads

Ads1
Ads2