२२बैशाख,तनहुँ।नीकै लामो समय सम्म खडेरी परेपछि तनहुँको ग्रामिण
क्षेत्रका किसानहरु मकै रौप्न पाएका थिएनन तर केही दिन यता बर्षा संगै तनहुँका ग्रामिण
क्षेत्रका किसानहरु अहिले मकै रोप्नका लागि भ्याई नभ्याई भएका छन ।दुर्गम क्षेत्रका
किसानले मकै रोप्नका लागि बारीमा मल राख्ने, डल्ला जिलाउने लगायतका तयारी गरे पनि लामो
समय सम्म खडेरी परेका कारण मकै रोप्न पाएका थिएनन ।ग्रामिण क्षेत्रका किसानको मुख्य
खेती नै मकै भएका कारण यस बर्ष खडेरीका कारण चैत महिना रोप्नु पर्ने मकै पानी परेपछि
बैशाखको अन्तिम हप्तामा लागाउन थालेका छन ।केही
दिन यता पानी परे पछि जिल्लाका किसानहरुलाई
नीकै राहत मिलेका छन ।अहिले तनहुँको माझकोट, अरुणदोय , भानुमति ,साभुङ्ग
भगवतीपुर, कोटदरबार , रानीपोखरी ,गजरकोट , घिरिङ्ग ,छाङ्ग लगायतका ठाउँमा मकै रोप्नका
लागि किसानहरु भ्याइनभ्याई भएको बताइएको छ ।

