गर्भवती महिलाहरुमा अनौठो क्रेज, गर्भको बच्चाको सेल्फी देखाएर लिंग छुट्टाइदिन आग्रह

गर्भवती महिलाहरुमा नौलो तर अनौठो खाले सेल्फी क्रेज देखिएको आफ्नो गर्भको बच्चाको स्क्यान सेल्फी अनलाइनमा पोष्ट गर्ने गर्भको बच्चा छोरा हो की छोरी भनेर सोध्ने
बच्चाको हेरविचार सम्बन्धि शिक्षा सल्लाह प्रदान गर्ने साइट नेट मम्सका अनुसार एक तिहाइ अभिभावकहरुले गर्भमा रहेको बच्चाको यस्तो स्क्यान फोटो टि्वटर तथा फेसबुक जस्ता सोसल मिडियामा अपलोड गरेर आफ्नो बच्चा छोरा वा छोरी के रहेको भनि सोध्ने गरेका छन् हरेक पाँच जनामा एक जनाले प्यारेन्टिङ साइटहरुमा तस्वीर पठाएर अन्यको विचार माग्ने गरेको नेटमम्सले जनाएको
१२ हप्ताको आफ्नो गर्भमा रहेको भ्रुणको तस्वीर सोसल साइटमा अपलोड गरेर लिंग पहिचानका लागि आग्रह गर्ने यस्तो ट्रेण्डमा प्रयोगकर्ताहरुले नब थ्योरीको प्रयोग गर्ने गरेका छन् भ्रुणमा यौनांग विकाश हुने ठाउँमा हुने सानो चुच्चो अर्थात नब कता फर्किएको कति लम्बाइको भन्ने कुरा हेरेर मानिसहरुले गर्भको बच्चा छोरा वा छोरी भएको अनुमान लगाउने गरेका छन् यस्तो चुच्चो ३० डिग्री वा सो भन्दा बढिले माथि उठेको भने त्यो छोरा हुन्छ ३० डिग्री भन्दा तल झुकेको भए छोरी हुन्छ भन्ने अनुमान धेरैले गर्ने गरेका छन् यो विधिबाट गर्भको बच्चाको लिंग पहिचान गर्दा नतिजा सही ठहरिएको दाबी ७० प्रतिशतले गरेका छन्
कतिपयले भने खप्परको आकार हेरेर भ्रुणको लिंग पहिचान गर्ने गरेका छन् खप्पर गोलाकार भएमा छोरी चेप्टाकार भएमा छोरा हुने अनुमान उनीहरुको
त्यस्तै ७० प्रतिशत आमाहरु आफैले परम्परागत विधिको प्रयोग गरी गर्भको बच्चाको लिंग पहिचान गर्ने गरेका छन्
यसमा आमाहरुले आफ्नो पेटको आकारको प्रयोग गर्छन् पेट बढि चौडा भएमा छोरी उठेको भएमा छोरा हुने विश्वास अधिकांसले गर्ने गरेका छन्
Previous Post Next Post

Header Ads

Ads1
Ads2